प्रतिस्पर्धी मुलुकहरुको सूची सार्वजनिक : अमेरिकालाई हङकङले उछिन्यो

काठमाडाैं, जेठ २० -विश्वकै प्रतिस्पर्धी मुलुकमा सन् २०१३ देखि पहिलो स्थानमा रहँदै आएको अमेरिको यो वर्ष भने उक्त स्थान गुमाएको छ ।

इन्टरनेशनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्टको वार्षिक प्रतिवेदनअनुसार प्रतिस्पर्धी सूचीमा अमेरिका यो वर्ष गत वर्षभन्दा दुई स्थान तल झरेको छ ।

पहिलो स्थानमा हङकङ र दोस्रो स्थानमा स्वीटजरल्यान्ड परेका छन् । हङकङ सूचीको २५ औं स्थानमा परेको आर्थिक शक्ति राष्ट्र चीनको द्वारका रुपमा रहँदै आएको छ । आजको कारोबार दैनिकमा खबर छ ।