हिरासतमै हत्या, अभियोग थुनुवामाथि

जेठ १९,काठमाडौं– रक्सी खाएर हल्ला गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका टिकाबहादुर राईलाई कुटपिट गरेको आरोपमा ३ जनालाई पक्राउ गरि प्रहरीले हत्या अभियोग लगाएको छ।

महानगरीय प्रहरी वृत्त बौद्धले राईको हत्यामा संलग्न रहेको अभियोगमा घटनाको दिन राईसागै हिरासतमा रहेका केशब पुलामी मगर, प्रकाश सुब्बा र दावा लामालाई पक्राउ गरि हत्या अभियोग लगाएको हो।

प्रहरीले यातना दिँदा राईको मृत्यु भएको परिवारले दाबी गर्दै आएको छ।

वैशाख २७ गते चुच्चेपाटीको एलपी ग्यास डिपोमा भएको सामान्य विवादमा पक्राउ परेका राईको २९ गते मृत्यु भएको थियो।