नेपाली युवती भारतमा बलात्कृत

जेठ १९,काठमाडौं– एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् ।

आइतबारराती बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीया युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

युवतीले बाटो खलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीकले बताएको छ।