राष्ट्रिय नकआउट क्रिकेटमा चितवन विजयी

रौटहत, १८ जेठ – सरस्वती युथ क्लव चन्द्रनिगाहपुरको आयोजनामा जारी स्व गणेशमान सिंह स्मृति राष्ट्रिय नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन विजयी भएको छ ।

प्रतियोगितामा मकवानपुरले २० ओभरमा पाँच विकेट गुमाएर १३० रन जोडेको थियो । त्यसपछि जवाफी व्याटिङमा उत्रेको चितवनले १९.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । उसका लागि चितवनका सन्तोष न्यौपानेले सर्वाधिक ४२ रन जोडेका थिए । प्रतियोगितामा उनी नै म्यान आफ दी म्याच घोषित भए । भोलिको खेल विराटनरविरुद्ध कनकपुर तथा गरुडा र वीरगन्जबीच हुनेछ ।