ट्याक्टरको ठक्करबाट साइकल चालकको मृत्यु

कलैया, १८ जेठ – कलैया–बरियापुर सडकखण्डबीच बधवनचोकमा आज दिउँसो ट्याक्टरको ठक्करबाट साइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

बरियापुरबाट भूसाको बोरा लोड गरी कलैयातर्फ आइरहेको ना३त २५२६ नंको ट्याक्टरले बरियापुर–१ बस्ने करिब ४४ वर्षीय रामाज्ञा महतो साइकलबाट कलैयातर्फ आइरहेको अवस्थामा अचानक बधवनचोकनिर सो ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने त्यसका चालक फरार रहेका छन् ।