अन्तर्राष्ट्रिय ‘हाइस्कुल कराते’मा नेपाली खेलाडीको वचस्र्व

काठमाडौँ, १७ जेठ – एक्काइसौंँ अन्तर्राष्ट्रिय हाइस्कुल कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा वचस्र्व जमाएका छन् ।

चार राष्ट्रका करिब ५०० खेलाडी सहभागी प्रतियोगितामा आयोजक नेपालले पहिलो स्थान हालिस गर्यो भने भारत दोस्रो भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १२ स्वर्णका साथ न्यू–लिराका खेलाडीले सर्वाधिक पदक दिलाए । त्यस्तै युथ स्पोर्टस् कराते भारतले दोस्रो स्थान हासिल गर्यो ।

प्रतियोगितामा जुनियर ब्वाइज व्यक्तिगत कातातर्फ न्यू–लिराका सुजन चेपाङले स्वर्ण जिते । त्यस्तै सिनियर ब्वाइज व्यक्तिगत कातातर्फ डेमोसका सञ्जय श्रेष्ठले स्वर्ण हात पारे । गल्र्स जूनियर ४० केजीतर्फ न्यू लिराकी मन्दिरा थापाले स्वर्ण जितिन् भने गल्र्स जुनियर ४५ केजीतर्फ रेखा प्रजापतिले स्वर्ण हात पारिन् ।

जुनियर गल्र्स ५० केजीतर्फ नेपाल क्वानमुकानकी अन्जु विस्ट प्रथम भइन् । गल्र्स सिनियर व्यक्तिगत कातातर्फ स्नो एपेक्सकी श्रेया रन्जितकारले स्वर्ण जित्दा गल्र्स सिनियर टोली कातातर्फ मन्दिरा थापामगर, सर्मिला श्रेष्ठ र विनिता श्रेष्ठको जोडीले न्यू–लिरालाई स्वर्ण दिलायो । पुरुषमा भारतका साइ गिरिश तथा महिलामा नेपालकी एलिशा लामा उत्कृष्ट खेलाडी चुनिए ।

त्यसैगरी ब्वाइज चिल्ड्रेन व्यक्तिगत कातातर्फ नारायण जानका प्रनिल मानन्धर तथा ब्वाइज क्याडेट व्यक्तिगत कातातर्फ सोनिम मानन्धरले स्वर्ण जिते । प्रतियोगिताका अन्य विभिन्न विधामा रोना सुनुवार, फिवी बुढा मगर, मन्दिरा थापा मगर शर्मिला श्रेष्ठ, मुक्ता कुलकर्णी, विनोद बलामी, अनिश थापा, पुनम पौडेल, दुर्गा भवानी, साइ गिरीस, ढन्डुप लामा, जुमर्दन आचार्य, मीनबहादूर थामी, उमेश तामाङ, सुशील खड्का, अनम क्युरेसी, सोनिम मानन्धर, दिवस श्रेष्ठ, रोहित बुढाथोकी, सावन लामा, रिसभ अर्याल, सुशान्त हुमागाईँ, यशराज होडा, आरिश शर्मा, इलिशा तामाङ, सोनिगा मोक्तान, टोपकुमार श्रेष्ठ, साइमन रिसाल, सन्जिव श्रेष्ठ, सुवास घताने, दीपा लामा, मनिषा थारु, अलिशा लामा, निरुपा तामाङ र रजिना विस्टले स्वर्ण जिते । गल्र्सको सिनियर टोली कुमुतेतर्फ नेहा श्रेष्ठ, दीपा थापा मगर र जेश्मिना खड्काको टोलीले सोतोकानलाई स्वर्ण दिलायो ।

प्रतियोगिताको अन्तिम दिन आज राखेपका पूर्वसदस्यसचिव युवराज लामा र नेपाल कराते महासङ्घ तथा सितोरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।