आइपिएल नवौँ संस्करणको उपाधि सनराइज हैदारावादले जित्यो

काठमाडौं, जेठ १७-  सनराइज हैदारावादले नवौँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपिएल०को उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट आइपिएलको उपाधि हात पारेको हो । जितका लागि कप्तान डेभिड वार्नरको ६९ रन जोडेका थिए ।

पहिले ब्याटिङ गर्दै हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।
२०९ रनको लक्ष्य पछ्याएको बैंलोर पूरै २० ओभर खेलेर ७ विकेट गुमाएर २०० रन मात्रै बनाउन सक्यो ।
क्रिश गेलले ७६ रन बनाए । ३८ बल खेलेका गेलले यो आइपिएलमा सर्वाधि रन बनाउने खेलाड बन्न सफल भए ।
कप्तान विराट कोहली ३५ बल खेलेर ५४ रनमा आउट भए । तेस्रो नम्बरमा आएका एबिडि ब्लेयर्स ५ रनमै आउट भए । के एल राहुल र शेन वाट्सनले समान ११–११ रन बनाए । ।