नेपालद्वारा निर्माण भारतलाई अस्वीकार्य

काठमाडौं, जेठ १७ – नेपाल-भारत संयुक्त प्राविधिक समिति जेएसटिसीको गत शुक्रबार नयाँदिल्लीमा सम्पन्न पाचौंँ बैठकमा सुनकोसी कमला डाइभर्सनलार्ए सप्तकोसी उच्च बाँधको संयुक्त अध्ययनबाट अलग गर्न भारतले अस्वीकार गरेको छ। अन्नपूणै पोस्ट दैनिकमा समाचार छ।

नेपालले सप्तकोसी उच्च बाँधको प्याकेजबाट सुनकोसी कमलालाई हटाई आफैँले अध्ययन गरी निमाएण सुरु गर्न भारतलाई प्रस्ताव गरेको थियो ।

भारतीय पक्षले दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीअनुसार सुनकोसी कमलाको अध्ययन भइरहेको विषय जेएसटीसीको कार्यदेश भित्र नपर्ने भएकाले अस्वीकार गरेको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिंचाइ मन्त्रालयका सहिसचिव माधव बेलवासेले बताए।