देउवालाई मन परेन ओलीका कुरा

जेठ १४, काठमाडौं–कांग्रेस सभापति एबं प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवाले बजेट दुरुपयोग हुन सक्ने बताएका छन् ।

प्रेस युनियनको रजत वर्ष शूभराम्भ कार्यक्रमलाई सम्वोधन गर्दै देउवाले प्रधानमन्त्रीले हावादारी आश्वासन बाँडदै हिडेकाले बजेट पनि कार्यन्वयन हुन नसक्ने गरी   हावादारीु आउन लागेको बताए ।

घरघरमा पाईप जोडिन्छ भन्छन तर जनताले अहिले सम्म ग्याँस पाएका छैनन् । हावाबाट विजुली निकाल्छु भन्छन लोडसेडिङ बढेको छ देउवाले भने, देशको बजेट भनेको जनताले कर तिरेको पैसा हो । सरकारले हावादारी आश्वासन बाँडेर जनताको कर दुरुपयोग गर्न खोजिएको उनको भनाइ छ ।