जुवा खेल्न बिदेसिदै हजारौं नेपाली

वैशाख ३१, काठमाडौं– नेपालबाट विदेशी क्यासिनोमा जुवा खेल्न प्याकेज खरिद गरेर नेपाली बाहिरिन थालेका छन् ।

उनीहरू सिधै सम्बन्धीत क्यासिनोसँग पुहँच बनाएर, क्यासिनो एजेन्टको सम्पर्कमा वा नेपालकै क्यासिनोबाट प्याकेज खरिद गरेर जाने गरेका छन्। यसरी जाने नेपालीको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ । क्यासिनो व्यवसायीहरुका अनुसार नेपालबाट क्यासिनो खेल्न बाहिरिनेको संख्या वार्षिक १५ देखि २० हजार जनासम्म छ।

नेपालबाट जुवा खेल्न सिंगापुर, भातर, मकाउ, श्रीलंका, बंगलादेशलगायतका देशमा नेपाली जाने गरेका छन्। (अन्नपूर्ण पोष्टबाट)