सुद्भावना पार्टीका नेता मृत भेटिए

बैशाख २८, रौतहत– राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी रौतहटका नेता मृत भेटिएका छन् । रौतहट क्षेत्र नम्बर–४ का अध्यक्ष अनिलकुमार झा मृत भेटिएका हुन् ।

समनपुर–१ का ४५ वर्षीय झालाई मंगलबार विहान बागमती नदीमा डुबेको अवस्थामा प्रहरीको टोलीले मृत फेला पारेको डीएसपी केशव रेग्मीले जानकारी दिए।

खेतमा लगाएको बाली हेर्न साइकल लिगएर गएका झा घर नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो। खोजी गर्दै जाँदा झा बागमती नदीमा साइकलसहित डुबेको अवस्थामा मृत फेला परेका हुन्।