पानामा पेपर्समा सात नेपाली

बैशाख २८, काठमाडौं– पानामा पेपर्सले सोमबार राति सार्वजनिक गरेको अफसोर कम्पनी भएका व्यक्तिको दोस्रो चरणको नामावलीमा सात नेपालीको नाम समेटिएको छ।
अन्तर्राष्ट्रिय खोज पत्रकार समुह (आइसिआइजे) ले सार्वजनिक गरेको पछिल्लो सूचिमा नेपालका उपेन्द्र महतो, अरूणकुमार चौधरी, सुभांश कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी, उमा देवी सिंहानिया र नवयुग डोल्माको नाम संग्लग्न छ।
पूर्वीय सोभियत संघ र रसियाबाट आफ्नो ब्यापार शुरु गरेका उपेन्द्र महतो एनआरएन नेपालका पूर्वअध्यक्ष हुन् भने अरुण कुमार चौधरी नेपालको ठूलो व्यापारिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक हुन्।
यो सुचीमा संग्लग्न अरु चौधरी पनि चौधरी ग्रुपमै आबद्ध देखिन्छन्। सिंहानिया र डोल्मा खासै चिनिएका ब्यापारी हैनन्।
महतोको स्थायी ठेगाना कर्जना, सिराहा रहेको र उनी दुईटा कम्पनीमा साझेदार रहेको देखिएको छ। चौधरीको ठेगाना भने दक्षिण अफ्रिका रहेको र उनी उर्साइन लिमिटेडमा संग्लन रहेको देखाइएको छ।
यसबाहेक अफसोर लिक्स भनेर एनसेलको २० प्रतिशत सेयर ओगटेका स्थानीय साझेदार सतिशलाल आचार्यको नाम पनि समावेस गरिएको छ। सिंगापुर ठेगाना भएका आचार्यको चारवटा कम्पनीमा संग्लनता देखाइएको छ।