सरकारको नीति तथा कार्यक्रममा केही थपघट

वैशाख २५, काठमाडौं– बिहीबार पारित भएको नेपाल सरकारको नीति तथा कार्यक्रममा केही थपघट भएको छ ।

मन्त्रिपरिषद्को बैठकले बिहीबार छुटेका केही विषयलाई थपघट गरेको बैठकपछि उपप्रधान तथा रक्षामन्त्री भीम रावलले जानकारी दिए ।

उनले भने– “बिहीबार नीति तथा कार्यक्रम सैद्धान्तिक रुपमा पारित भएकोमा छुटेका विषयलाई फेरि एक पटक छलफल गरी सम्पूर्ण बुँदा हेरेर त्यसलाई अन्तिम रुप दिइएको छ ।”

उनले बिहीबार राजनीतिक दलबीचको छलफल र अबेर रात परेका कारण आज थप छलफल गर्नुपरेको स्पष्ट पारे ।

नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वैशाख २६ मा प्रस्तुत हुने विषयमा समेत मन्त्रिपरिषद्मा छलफल भएको उनले बताए ।