अनिश्चितकालका लागि काठमाडौँका शैक्षिक संस्था बन्द

शाख २१, काठमाडौं– काठमाडौँ जिल्लाका सामुदायिक तथा निजी शैक्षिक संस्था आजदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी र अखिल नेपाल शिक्षक सङ्गठनले आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै आज सम्पूर्ण शैक्षिक संस्था बन्दको घोषणा गरेको हो ।

यही वैशाख १५ गते काठमाडौँका जिल्ला शिक्षा अधिकारी शंकरप्रसाद गौतममाथि भएको दुव्र्यवहारको विषयलाई लिएर क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई प्रहरीले वैशाख १७ गते पक्राउ गरेको थियो ।

सोही पक्राउको विरोधमा सोमबार जिल्ला शिक्षा कार्यालय काठमाडौँमा धर्ना दिन बसेका केन्द्रीय सदस्य कलम बडुवाल काठमाडौँ जिल्ला सदस्य महेन्द्र तामाङ, सुमन तिम्सिना, रोजिना चौलागाइ र उषा किरणलाई पक्राउ गरेको थियो ।