सय वर्षमा फेरि बिहे

वैशाख १५, इलाम– उमेर पुगेपछि बिहे हुनु सामाजिक संस्कार नै हो। तर, बारबोट गाविसमा मंगलबार यस्तो बिहे ९शताब्दी उत्सव० आयोजना गरियो, जहाँ निम्तो मान्नभन्दा रमिता हेर्न पुगेकाहरु खचाखच थिए।

निम्तालु र आगन्तुकले ‘बेहुला बेहुलीलाई टीका लगाएनन्। न त अरु बिहे झै उपहार र दक्षिणा नै दिए। बरु, बेहुला बेहुलीबाट चाहिँ टीका र आशीर्वाद लिए।

बारबोटे गाविस(७ का एक सय २ वर्षे टंकनाथ भुर्तेल र ९१ वर्षीया इन्दछायाँको मंगलबार दोस्रो पटक बिहेसरहकै शताव्दी उत्सव आयोजना गरियो। ब्राह्मणबाट बेद, रुद्रीलगायत हिन्दू धर्मशास्त्रका पुस्तक पाठ गराइयो। गाई दान र आशीर्वाद लिने दिने कार्यक्रम गरियो। स्थानीय विभिन्न रावजनीतिक दलका कार्यकर्ता, सामाजिक अगुवा, पेसाकर्मी, पत्रकार, वकिल लगायत सयौं आगन्तुक र पाहुना आए।

आगन्तुकले दुजैजनाबाट टीका र आशीर्वाद ग्रहण गरे। बेहुला बेहुलीुसँग फोटा खिचाए, सं०गिनी र भजन गाए। भोजमा सहभागी भएर फर्किए। उत्सवमा आउने र जानेहरु आपसमा कुरा गर्दै थिए–आज कहिल्यै नपुगेको तीर्थ पुगेर आइयो।

१९७१ साल कात्तिकमा बरबोटे गाविस(७ मै जन्मेका टंकनाथ दाजु भाइमा एक्ला हुन्। ३ दिदीबहिनीमध्ये कान्छी मोरङमा छिन्। टंकनाथ र १९८२ सालमा सोयाङ गाविस(९ मा जन्मिएकी इन्द्रछाँया सुवेदीको २००० सालमा बिहे भएको थियो। (नागरिक दैनिकबाट)