ललितकलाका कक्षा छहारी र ग्यारेजम

वैशाख ८, काठमाडौं–  त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को ग्यारेजमा मंगलबार एक युवती कानमा एयरफोन लगाएर बसेकी थिइन्। उनको बसाइको तरिका, लुगा, अनुहारको हाउभालाई फाइन आर्ट तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू चित्रमा उतारिरहेका थिए।

आर्ट पेपरको माथिल्लो भाग च्यापे पनि तल्लो भाग हावाले हल्लाइरहेथ्यो। विद्यार्थीहरू अगाडि रहेकी युवतीको आकृति एक हातले कोर्थे भने अर्को हातले आर्ट पेपर समाउँथे। कक्षाकोठा नभएकाले ललितकलाका विद्यार्थी खुल्ला ठाउँमा पढ्न बाध्य भएका हुन्। चौथो वर्षका विद्यार्थी पनि उपकुलपति कार्यालयको पछाडिपट्टि रूखको छहारीमा गोलाकार भएर पढिरहका थिए।

उपकुलपति कार्यालयका कर्मचारी मध्याहन १ बजे हुरुरुरु।।।।निस्केर क्यान्टिनतिर हानिए। कक्षा भइरहेका बेला कर्मचारी हल्ला गर्न थाले। उनीहरूले छेउमा कक्षा भइरहेको वास्तासमेत गरेनन्। ुसधैं यस्तै हुन्छ, कक्षा डिस्टर्भ हुने गरी हल्ला गर्छन्,ु रामशंकर देवले भने, ुएक वर्ष यसैगरी पढिसक्यो, अब कति समय यसैगरी पढ्नुपर्ने होरु थाहा छैन।ु हावा चल्दा कहिलेकाहीं रूखको हाँगा खस्छ।

अझ एकछिन कक्षा ब्रेक भएर कुर्सी छाड्नेबित्तिकै क्यान्टिनमा आउनेले लगिहाल्छन्। अनि विद्यार्थी र शिक्षक भुइँमै बसेर पढ्छन् । भूकम्पले भोटाहिटीको ललितकला क्याम्पसको भवन क्षति भएपछि विद्यार्थीहरू उपकुलपति कार्यालयको ग्यारेज र क्यान्टिनछेउ रूखको छहारीमा बसेर पढ्ने गरेका छन् । ललितकलामा म्युजिक, पेन्टिङ, मूर्तिकला पढाइ हुन्छ। यसमध्ये पेन्टिङका विद्यार्थी त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय परिसरको ग्यारेजमा प्रयोगात्मक कक्षा लिन्छन् भने सैद्धान्तिक रूखको छहारीमा बसेर पढ्छन्।(कान्तिपुर दैनिकबाट)