नामिवियाविरुद्धको नेपालको खेल हेर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

वैशाख ६, काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको नेपालको दोस्रो खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि क्रिकेट मैदान पुगेका छन्।

पहिलो खेलमा अनुपस्थित भएका प्रधानमन्त्री ओली सोमबार हुन लागेको नामिवियाविरुद्धको दोस्रो खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका हुन्। उनी क्रिकेट मैदान पुगेर नेपाली टोलीका खेलाडीहरुसँग हात मिलाउँदै जितका लागि शुभकामना समेत दिए।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि त्रिवि क्रिकेट मैदान पुगेका छन्।

यसअघि शनिवार भएको खेल हेर्न उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका थिए।