इक्वेडरमा ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प, २८ को मृत्यु

लन्डन –ल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

राजधानी क्योटोबाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको बीबीसीले जनाएको छ ।

१९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो धक्का महसुस गरिएको थियो ।

भूकम्पले बढी मात्रमा प्रभाव परेका ६ वटा क्षेत्रमा सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन उक्त क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।