प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक

चैत २६, काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्दैछ ।

सिंहदरबारमा बस्ने बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार आजको बैठकले प्रधानन्यायाशीलमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस हुनेछ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेरहदका कारण चैत ३० गतेदेखि अनिर्वाय अवकास पाउने भएपछि संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भएको हो।