१३९ मतले देउवा विजयी

चैत २४, काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३९ मत ल्याएर  संसदीय दलको नेतामा विजयी भएका छन् ।
हालै सम्पन्न मतगणना अनुसार देउवाले १३९ मत ल्याउँदा
नेता रामचन्द्र पौडेलको पक्षमा ६७ मत परेको थियो।

बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको थियो।

कांग्रेसका २०७ मध्ये २०६ सांसदले दलको नेता चयनका लागि मतदान गरे। केहीसमय अघि आफ्नै घरको भर्‍याङमा लडेर घाइते भएका नेता रामशरण महतले आफ्ना सहयोगी रमेश महत मार्फत मत खसाले। उनी आफैं मतदानस्थल पुगेका थिए।

सांसद नरहरि आचार्यले भने मतदान गर्न सकेनन्।