काँग्रेस सरकारमा सहभागी हुँदैनः सिटौला

चैत २४, मोरङ–नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेस सरकारमा जाने कुरा हल्लामात्र भएको बताएका छन् ।

मोरङको विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको अवस्थामा वर्तमान सरकारमा काँग्रेस सहभागी नहुने स्पष्ट पारे ।

नेता सिटौलाले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय एकतामा जोड दिँदै काँगेंस सबैभन्दा ठूलो दल भएको हैसियतले मुख्य दलहरुबीच एकता कायम गर्न पहल गर्ने बताए ।
संसदीय दलको निर्वाचनपछि हुने पहिलो बैठकबाटै मधेसको समस्या, संविधान कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धिका लागि काँग्रेस दृढ भएर लाग्ने उनको भनाइ थियो । उनले आन्दोलनबाट समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै निकास खोज्न मधेसी मोर्चालाई आग्रह समेत गरे ।