देउवाले जित्ने पक्का, पौडेललाई प्रतिष्ठा जोगाउनै मुस्किल

चैत २४, काठमाडौं–कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ ।

अहिले केही समयपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने मतदानमा कांग्रेस सांसदहरूले मतदान गर्ने छन् ।

मतदानमा इलेक्ट्रोनिक मेसिनको प्रयोग गर्ने तयारी निर्वाचन समितिले गरेको छ । कांग्रेसका सांसदहरूले सोही मेसिनमार्फत मतादन गर्ने छन् ।

निर्वाचनमा उम्मेदवार बनेका सभापति शेरबहादुर देउवाले १ सय ३० मत ल्याउने दाबी गरेका छन् । आफू निकटका नेताहरूसँग आज बिहान देउवाले १ सय ३० मत आउने आकलन गरेको बताएका हुन् ।

संसदीय दलको नेताको प्रतिस्पर्धामा उत्रिएका रामचन्द्र पौडेलले करीब ६५ मत ल्याउन सक्ने अनुमान गरिएको छ ।