एसएलसी दिन जाँदै गरेका पाँच विद्यार्थी दुर्घटनामा परी घाइते

चैत २३, तुलसीपुर–   एसएलसी परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको स्कुल बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थी चढेको बा२ख ९४१४ नम्बरको बस तुलसीपुर–१५ पर्सेनीमा रोकिराखेको लु१त ७९९३ नम्बरको ट्याक्टरमा मंगलबार विहान ठोकिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। विहान ८ बजेतिर बिजौरीबाट कालोखोला परीक्षा केन्द्र जाँदै गर्दा बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परेका विद्यार्थी प्राथमिकक उपचारपछि साढे ८ बजेपछि परीक्षा केन्द्र पुगेका थिए। आधाघन्टा ढिला पुगेका ती परीक्षार्थीलाई आधा घन्टा अतिरिक्त समय प्रदान गरिएको कालोखोलो परीक्षा केन्द्रका केन्द्राध्यक्ष राजीव ओझाले बताए।