५० हजार वैध कामदार मलेसियाबाट फिर्ता

 

मलेसिया–   मलेसिया सरकारले आप्रवासी कामदारलाई रोजगारीका लागि मलेसिया आउन बन्द गरेसँगै मलेसियाको रोजगारी छाड्ने नेपालीको संख्या बृद्धि भएको छ।

एक महिनाको अवधिमा मलेसियाबाट ५३ हजार २५ जना नेपाली वैधानिक श्रमिकको सूचीबाट हटेका छन्।  मलेसियामा चार लाख ८३ हजार ९ सय ८ नेपाली श्रमिक वैधानिक रुपमा काम गरिरहेको अध्यागमन विमागको तथ्यांकमा छ।

मलेसियाबाट एक महिनाको अवधिमै ५० हजारभन्दा बढी नेपाली घर फर्किएको वा अवैधानिक भएको भन्ने विषयमा अध्यागमनले स्पष्ट पारेको छैन।

मलेसियामा रोजगारी छाड्ने नेपालीको संख्या अन्य देशका श्रमिकभन्दा धेरै छ। करिब ५० हजारभन्दा धेरै नेपाली श्रमिकले मलेसियाको वैधानिक रोजगारी छाडेका छन्।

नेपाली कामदारको यो तथ्यांकले पनि मलेसियामा आउनेभन्दा स्वदेश फर्कने धेरै भएको पुष्टि हुन्छ।  मलेसियामा बढेको लेबी, महंगी र असुरक्षाका कारण उनीहरुले रोजगारी छाडेका हुन्।