उपत्यकामा मात्रै इन्धन कालोबजारीमा संलग्न ११९ विरूद्ध मुद्धा

चैत २१, काठमाडौं– भारतीय नाकाबन्दीपछि उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा परेको छ।

नाकाबन्दीको कारण देखाएर खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजल तथा मट्टीतेलमा कालोबजारी गर्ने व्यापारीविरुद्ध यो मुद्दा परेको हो।

कारबाहीका पर्नेमा खुद्रा व्यापारीदेखि इन्धन डिपो सञ्चालक र आयल निगममा कर्मचारीसमेत छन्।
कालोबजारी गर्नेहरुबाट करिब ६५ हजार लिटर डिजेल, ३५ हजार लिटर पेट्रोल, हजार सिलिन्डर ग्यास र करिब हजार लिटर मट्टीतेल बरामद भएको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार १०९ कालोबजारीका मुद्दामा ११८ व्यापारी कारबाहीमा परेका छन्।
५७ जना व्यापारीलाई सचेत गराएर छोडिएको छ। भारतीय नाकाबन्दीपछि कालोबजारी विरुद्ध नेपाल प्रहरी, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, अधिकारवादी तथा उपभोक्ता संयुक्त रुपमा परिचालित थिए।

महानगरीय प्रहरी आयुक्त एआर्इजी प्रतावसिंह थापाका अनुसार इन्धन कालोबजारीविरूद्धको अनुगमनमा काठमाडौं, भक्तपुर र ललितपुरबाट सादा पोसाकका प्रहरीलार्इ खटाइएको छ। (कारोबार दैनिकबाट)