बुहारीलाई भलिबल अनिवार्य

चैत १९, पर्वत–  नयाँ बुहारी राम्री, जाँगरिली र परिपार ढपक्कै ढाक्ने हुन भन्ने चाहना सबैको हुन्छ।

तर, यहाँको क्याङमा आउने बुहारीको क्षमता त्यत्तिले मात्र पुग्दैन र उनी भलिबल खेल्न सक्नेसमेत हुनुपर्छ ।

९५ प्रतिशत मगर समुदाय रहेको यो गाउँमा बुहारी भलिबलमा जति दख्खल ठहरिन्छन  उति नै असल पनि ।

त्यसो भए मात्रै उनी गाउँलेको हाइहाइ हुन्छिन ।

नभए दिनहुँ अभ्यास गराएर भएपनि सिक्न लगाइन्छ।( कान्तिपुर दैनिकबाट)