बिमा कम्पनीको लापरवाही र ठग्ने प्रवृति

चैत १९, काठमाडौं–  महाभूकम्पले क्षति भएर विमा दाबी गरेका करिव ४ हजार ८ सय निवेदकले भुक्तानी नपाउने भएका छन् ।

यो कुल दाबी संख्याको २७ दशमलव ८ प्रतिशत हो । उनीहरुले बिमा गर्दा सही गरेको कागज बिमालेखले नसमेटेको भन्दै कम्पनीले यी बिमितलाई भुक्तानी दिन नसकिने जनाएका छन् ।

पीडितहरु भने यो मान्न तयार छैनन । बिमा कम्पनीकै लापरवाही र ठग्ने प्रवृतिले गर्दा दाबी नपाएको उनीहरुको गुनासो छ ।(कान्तिपुर दैनिकबाट)