टहरोमा बास, टहरोमै एसएलसी परीक्षा

चैत १८, सिन्धुपाल्चोक – कक्षा ९ उत्तीर्ण गरेर १० मा पुग्दा पूजा न्यौपाने निकै खुसी भएकी थिइन्। प्रवेशिका परीक्षा ९एसएलसी० लाई केन्द्रमा राखेर उनले शैक्षिक सत्रको सुरुबाटै राम्रो तयारी थालेकी थिइन्। सदरमुकाम चौतारा पुगेर किताब, कापीकलम र अन्य पाठ्यसामग्री किनिन्।

कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविकी छात्रा पूजा स्कुल समयबाहेक साँझविहान पनि पढाइमै केन्द्रित हुन थालेकी थिइन्।

उत्कृष्ट अंकसहित एसएलसी पास गर्ने उनको सपना वैशाख १२ को विनासकारी भूकम्पले मार हान्यो। घर गल्र्याम्म ढल्यो, स्कुल पोसाक, किताबकापी सबै पुरिए। त्रिपालमुनि डेढ महिना गुजारिन् उनले। जेठ अन्तिम साता स्कुल खुल्दा लगाएको एकसरो लुगाबाहेक उनीसँग केही थिएन। जसोतसो उनी विद्यालय जान थालिन्।

‘पढ्दापढ्दै भूकम्प जान्यो। हामी निकै पछटक स्कुलबाट भागेका छौँ, एसएलसी परीक्षा दिन सदरमुकाम आएकी पूजाले भनिन्।‘पढाई त त्यस्तै हो, कथितबेला फेरि भूकम्पको धक्का आउँछ भनेर प्रतीक्षा गथ्र्यौं।’ उनको स्कुल नढले पनि नराम्ररी चर्किएको छ।

‘भूकम्पपछि पूरा सेट किताब निकै पछि जुटेको हो,’ पूजा सुनाउँछिन्। केही किताब आफैले किनेकी उनलाई केही शैक्षिक सामग्री स्कुलले दियो। बल्लतल्ल किताब जुटेपनि पढ्ने राम्रो वातावरण उनले वर्षभर पाइनन्।

टहरोमा आश्रित थुप्रै विद्यार्थीले टहरोमै पढेर ठहरोमै एसएलसी परीक्षा दिँदैछन्। ( नागरिक दैनिकबाट)