बेलायती राजकुमार ह्यारी नेपालीकै साथ हुर्केका थिए

चैत १७, बेलायत – बेलायती राजकुमार ह्यारी यतिबेला नेपालीसँग रमाइरहेका छन्। उनी नेपालीसँग अहिलेमात्र रमेका होइनन्, विद्यालय जाने बेलैदेखि नै नेपालीसँगै थिए।
आफ्नो बाल्यकालमा समेत नेपालीसँग रमेका ह्यारी यतिबेला नेपालीका लागि केही गरौं भनेर नेपाल पुगेका हुन्। उनलाई बाल्यकालमा नेपाली ९गोर्खा० ले नै रेखदेख गरेका थिए। झन्डै तीन वर्ष उनलाई हुर्काएका र हुर्किएपछि पनि पटक पटक एकसाथ समय बिताएका भूपू गोर्खा क्याप्टेन रिटायर्ड कृष्ण गुरुङको स्मृतिमा ह्यारीसँग बितेका धेरै सुखद क्षण कैद छन्।

ह्यारीको भ्रमण नेपाल र नेपालीका लागि गर्वको विषय रहेको उनको ठम्याइ छ। उनले ह्यारीलाई नमस्कार, राम्रो छ।।।जस्ता नेपाली शब्द बोल्न पनि सिकाएको बताए। कत्ति पनि दुख नदिने ज्ञानी रहेको समेत उनले बताए। उनीसँगै हुँदा आमा डायनाले खिचिदिएका तस्वीरहरु अझै छन्।

सेकेन्ड गोर्खा राइफल्समा भर्ती भएर ३० वर्षपछि सन् २००७ मा अबकाश लिएका पर्वत आर्थर डाँडाखर्क(४ निवासी गुरुङले बेलायती राजपरिवारसँग बिताएका क्षणबारे भने,‘म सेकेन्ड गोर्खा राइफल्समा कार्यरत थिए। ह्यारीका बाबा चाल्र्स हाम्रो  रेजिमेन्टको कर्णेल इन चिप हुनुहुन्थ्यो। सन् १९८१ जुलाई २९ मा डायनासँग बिहेगरेपछि रेजिमेन्टले केन्जिङटन प्यालेसमा गोर्खा प्रतिनिधि पठाउने निधो गर्यो।

त्यही शिलशिलामा गुरुङ सने १९८८ देखि १९९० को मध्यसम्म झन्डै तीन वर्ष केन्जिङटन प्यालेस खटिएँ। त्यो बेला प्रिन्स विलियम ७ र ह्यारी ५ वर्षका थिए। ‘स्कुल जाँदा कहिलेकाही स्कुलसम्म लगिदिनुपथ्र्यो, उनले भने।’ (कान्तिपुर दैनिकबाट)