उत्तराखण्डमा राष्ट्रपति शासन लागू

नयाँ दिल्ली– भारतीय केन्द्र सरकारद्वारा उत्तराखण्डमा पछिल्ला दिनहरुमा राजनीतिक सङ्कट गहिरिएपछि आइतबारबाट लागु हुनेगरी राष्ट्रपति शासन लगाइएको छ ।

राष्ट्रपति शासनको काङ्ग्रेस आईले विरोध जनाएको छ ।

राष्ट्रपति प्रणव मुखर्जीले केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसमा भारतको संविधानको अनुच्छेद ३५६ अनुसार आइतबार काङ्ग्रेस आईका हरिस रावत नेतृत्वको राज्य सरकार बर्खास्त गरी राष्ट्रपति शासनको घोषणा गरेका हुन्।

आसाम राज्यको निर्वाचन अभियानमा शनिबार आसाम पुग्नुभएका प्रधानमन्त्री नरेन्द्र मोदी राति नै दिल्ली फर्किनु भएपछि शनिबारै मन्त्रिपरिषद्को आपतकालीन बैठक बसेको थियो ।

उक्त बैठकले राष्ट्रपतिलाई उत्तराखण्डमा विकसित पछिल्ला घटनालाई लिएर राष्ट्रपति शासन लगाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।