नक्कली चिकित्सकः१३ पटक परीक्षा दिँदा पनि अनुत्तीर्ण

चैत १४, काठमाडौं –   नक्कली शैक्षिक प्रमाणपत्रधारी भएको आरोपमा थप २ चिकित्सक पक्राउ परेका छन्।

दुवै जना अभियुक्त नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा १३ पटकसम्म अनुत्तीर्ण भएको पाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी ले शनिबार रौतहट मतसरी(५ का ३१ वर्षीय राजीवकुमार झा र बारा बहुअरी(४ का २९ वर्षीय पृथ्वीनारायण यादवलाई पक्राउ गरेको हो। दुबै जनालाई महाराजगञ्जस्थित ब्युरोको हिरासतमा राखिएको छ।

नक्कली प्रमाणपत्र पेस गरी एमबीबीएस अध्ययन गरेका झा र यादवलाई काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा दिन आएको बेला परीक्षा केन्द्रबाटै पक्राउ गरिएको हो। दुवै अभियुक्तले सन् २००६मा बिहार इन्टरमेडियट एजुकेसन काउन्सिलबाट दोस्रो श्रेणीमा उत्तीर्ण भएकोमा सम्पूर्ण विषयमा नम्बर थप गरी ुप्रथम श्रेणीमा उत्तीर्ण भएकोु विवरण पेस गरेका थिए।

ब्युरोका अनुसार झाले दोस्रो श्रेणी ल्याएको प्रमाणपत्रमा फिजिक्स र केमेस्ट्री विषयमा नम्बर थप गरेको नक्कली प्रमाणपत्र पेस गरेको खुलेको छ।(कारोबार दैनिकबाट)