सौर्य ऊर्जाको लाइसेन्नस एक मेगावाट

चैत १०, काठमाडौं– सरकारले यसवर्ष उल्लेखनीय रूपमा लोडसेडिङ घटाउने कार्ययोजना मन्त्रिपरिषदबाट पारित गर्दा सौर्य ऊर्जाबाट ७५ मेगावाट उत्पादन गर्ने लक्ष्य किटान गरेको छ। तर सौर्य ऊर्जा उत्तापदनका लागि सरकारले जम्मा एक मेगावाटको लाइसेन्स जारी गरेको छ ।

हालसम्म विद्युत विकास विभागले ५६ मेगावाट सौर्य ऊर्जाको लाइसेन्स जारी गरेपनि विद्युत प्राधिकरणले विजुली खरिद सम्झौता नगरेका कारण ५५ मेगावाटका लाइसेन्स खारेजीमा परेका छन्। प्राधिकणका एक अधिकारीका अनुसार सरकारले कार्ययोजना पारित गरेपनि सौर्य ऊर्जाको पीपीए गर्ने नीति नै पारित भएको छैन।(अन्नपूर्ण पोष्टबाट)