सेयर आवेदनमा नयाँ प्रावधान

चैत १०, काठमाडौं–
आईपिओमा आवेदककै खातामा पैसा ब्लक गरिने

सरकारले साधारण सेयर भर्ने व्यक्तिको खातामै पैसा ब्लक हुने व्यवस्था लागू गर्ने भएको छ। अहिलेसम्म सेयर आवदेकले आफ्नो खाता भएको बैंकको चेक बुझाउनुपर्ने नियम छ।

बैंकको चेक जम्मा गर्ने अनि सेयर बाँडफाँड भएपछि नपरेको रकम फेरि बिक्री प्रबन्धकमार्फत चेकबाटै फिर्ता गर्नुपर्ने हुन्छ। यसो गर्दा प्रक्रिया लामो भएपछि नयाँ प्रावधान कार्यान्वयनमा ल्याउन लागिएको छ।(अन्नपूर्ण दैनिकबाट)