समुदायहरु माझ सुमधुर सम्बन्ध नै नागरिक समाजको प्राथमिकता

चैत ७, विराटनगर–मानब अधिकार तथा शान्ति समाजद्धारा सञ्चालित स्वाभिमान अभियानका क्रममा बिराटनगरमा भएको पहिलो जागरण सभा शान्ति अहिंसा, राष्ट्रिय स्वाभिमान स् एकता, सद्भाब र आत्मसम्मान भन्ने नाराका साथ सम्पन्न भएको छ ।
स्थानीय ट्राफिक चोकमा आयोजित जागरण सभामा  शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले राष्ट्रिय स्वाभिमान उचो राख्न समुदाय हरु माझ सुमधुर सम्बन्ध र शत्रुता बिहिन आचरणको बिकास र बिस्तार अत्याबश्यक भएको र त्यहि दिशामा नागरिक समाजको भुमिका केन्द्रित हुनुपर्ने मा जोड दिए ।
कुनै पनि आन्दोलन हिसांत्मक बन्नु नहुने र राज्यले दमनको होईन संबादकै माध्यमबाट समाधान खोज्नुपर्ने भन्दै पहाडीले राष्ट्रिय स्वाभिमानका लागि शुरु गरिएको यो अभियान ले सद्भाब र एकतालाई बल पुग्ने विश्वास उनले ब्यक्त गरे ।

यसैगरी नेपाली काँग्रेसका नेता तथा सांसद महेश आचार्यले शान्ति समाजले थालेको यो अभियानले सबैलाई जोड्न मद्दत पुग्ने बिश्वास ब्यक्त गरे । नेकपा एमालेका नेता तथा सासंद लालबाबु पण्डितले  राष्ट्रिय स्वाभिमानका पक्षमा आफु सदैब अग्र पंक्तिमा उभिएको बताउदै शान्ति समाजको यो अभियान समसामयिक र महत्वपूर्ण रहेको धारणा ब्यक्त गरे ।