नेयमारलाई ५ अर्ब ५४ करोड जरिवाना

ब्राजिल– स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमारले कर छली गरेको ब्राजिलको एक अदालतले ठहर गरेको छ। अदालतले नेयमारललाई दोषी ठहर गर्दै कर ब्याज र जरीवाना गरी ५ अर्ब ५४ करोड फिर्ता गर्न आदेश दिएको छ।

उनले सन् २०११ देखि २०१४ सम्म कर छलि गरेको अदालतले जनाएको छ।अदालतका अनुसार उनले आफ्ना बुबासँग मिलेर कर छलि गरेका हुन्।