स्वतन्त्र पत्रकार महिला सम्मान राणालाई

फागुन २६, काठमाडौं–स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा प्रदान गरिँदै आएको स्वतन्त्र पत्रकार महिला सम्मान यस वर्ष सञ्चारकर्मी शान्ति राणालाई प्रदान गरिएको छ ।

सञ्चार क्षेत्रमा क्रियाशील भई समाजलाई सुसूचित गर्ने महिला सञ्चारकर्मीलाई प्रत्येक वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी प्रदान गर्ने प्रचलनअनुरुप मंगलबार आयोजित एक कार्यक्रममा राणालाई यस वर्षको सम्मान प्रदान गरिएको हो ।