काँग्रेस मतगणनास्थलमा झगडा

फागुन २४, काठमाडौं– नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा मतगणनापछि मुचुल्का तयार गर्ने क्रममा झडप भएको थियो। मतगणनास्थल राष्ट्रिय सभागृहको हलमा मुचुल्का तयार पार्ने क्रममा झडप भएको हो । निर्वाचन अधिकृतहरुले मुचुल्कामा सही गर्नका लागि बोलाएका एजेण्ट सुवास पोखरेललाई सुरक्षाकर्मीले कुरा नबुझी रोक्न खोज्दा झडप भएको हो। पोखरेललाई प्रहरीले रोक्न खोजेपछि प्रहरीको काम सुरक्षा दिने मात्र भएको बताए । जवाफमा सुरक्षाकर्मीले पोखरेलमाथि हात हाले । मतगणनास्थलको सुरक्षार्थ खटिएका प्रहरीलाई एजेण्टमाथि हात हाल्ने अधिकार कसले दियो ? भनेर काँग्रेसका अरु प्रतिनिधिहरु चर्किए । र, सोमबार झिसमिसे विहानीको समय सभागृहको कक्ष तनावपूर्ण बन्यो।