सरकार सबै क्षेत्रमा सक्षम छैनः मन्त्री थापा

फागुन २३, काठमाडौं –विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले सवैक्षेत्रमा नेपाल सरकार सक्षम नभएको बताएका छन् ।
कवि भीमसेन सापकोटाको कविता संग्रह ‘प्रश्नमा ईश्वर’ को विमोचन गर्दै मन्त्री थापाले सरकार सक्षम नभएकै कारण युवा जनशक्ति विदेशिन नरोकिएको बताए ।
मन्त्री थापाले सरकार सामथ्र्यवान् नभएकै कारण धमाधम युवा विदेशिएको र देशलाई आवश्यक जनशक्ति बाहिरिएको उनको भनाई थियो । उनले उपयुक्त नीति र योजना नभएकाले विज्ञान र प्रविधिको क्षेत्रमा विकास हुन नसकेको औंल्याए । “विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न जिल्लाहरूमा एउटा शाखा पनि छैन,” उनले भने, “विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न राज्यको स्पष्ट नीति चाहिन्छ।”
सूचना र प्रविधिको क्षेत्रमा द्रूततर परिवर्तन भएको भए पनि सरकारले त्यसलाई पकड कायम गर्न नसकेको उनको गुनासो थियो ।