लोकेश ढकालद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

फागुन १९, काठमाडौं– नेपाली कांग्रेसका युवा नेता लोकेश ढकालले पार्टीको आसन्न १३ औं महाधिवेशनमा हुने नयाँ नेतृत्वको चयनको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर २७ पृष्ठ लामो घोषणापत्रसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । उनले प्रदेश नम्बर ३ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । २०३५ सालबाट विद्यार्थी राजनीतिमा होमिएका उनले पार्टीको विभिन्न तहमा रहेर काम गरिसकेकोले अब केन्द्रीय सदस्य बाहेकको स्थान उपयूक्त नभएकोले उम्मेदवारी दिनु परेको तर्क गरे ।
उनले काग्रेस बीपी कोइरालाको चिन्तनबाट चुकेको र धन बलको राजनीतिमा लागेकोले त्यसबाट नीति प्रधान बनाउन महाधिवेशनमा आफ्नो प्रस्ताव बैचारिक बहसको साधन हुने विश्वास ब्यक्त गरे ।