चीनका राष्ट्रपति सी लाई नेपालले बोलायो, निम्तो बेइजिङ पठाइयो

फागुन १७, काठमाडौं–सरकारले चीनका राष्ट्रपति सी जिन पिङ लाई नेपाल भ्रमणको निम्तो दिएको छ ।

सरकारले बुद्ध जयन्तीका अवसरमा नेपालमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बुद्ध सम्मेलनमा सहभागी हुन आग्रह गर्दै चीनका राष्ट्रपति सी जिन पिङलाई निम्तो पठाएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्द पोखरेलले जानकारी दिए ।
सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी मनाइन लागेको २५६०औं बुद्धजयन्तीका अवसरमा  चीनका राष्ट्रपतिलाई बोलाएको उनले जानकारी दिए ।
भारतले नाकाबन्दी लगाउँदा नेपाललाई थुप्रै सहयोग गरेको चीनका राष्ट्रपति सी अहिलेसम्म एकपटक पनि नेपाल आएका छैनन् । अब भने उनी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपाल आउनसक्ने चीनका लागि नेपाली राजदूत महेस मास्केको विश्वास छ ।