होटलभित्रै व्यवसायीको हत्या

फागुन १७, भीमदत्तनगर– कंचनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर चौराहामा रहेको एक होटलका संचालक ४० वर्षीय दामोदर अवस्थीको गएराति होटलमै हत्या गरिएको छ ।

कलुवापुरमा रहेको बैतडी होटलका संचालक अवस्थी होटलभित्रै हत्या गरिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

झलारीपिपलाडी नगरपालिका–१ ढकनिया घर भएका अवस्थी होटल व्यवसाय गर्दै आएका थिए । आज बिहान घरबाट होटल पुगेका उनका भाइले दाजुको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अवस्थीको हत्या भएकै हुनसक्ने आशङ्का गरेको छ ।