दिल्लीमा मानव तस्कर गिरोह पक्राउ, ११ युवतीको उद्धार

फागुन १६, नयाँ दिल्ली– दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ट्रान्जिट भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मूख्य दुई एजेन्ट पक्राउ परेका छन्।
मानव तस्करीमा संलग्न गिरोहबारे प्राप्त सूचनाका आधारमा शुक्रवार बसन्तकुञ्जस्थित एक अपार्टमेन्टबाट ती दुई एजेन्टका साथमा रहेका ११ युवतीको उद्धार गरिएको हो।

चेलीबेटी बेचबिखन रोकथाममा संलग्न संस्था शान्ति पुनःस्थापना गृहले पाएको सुराकी आधारमा गृहका अधिकारीहरु भारतीय प्रहरीसंगको अनुसन्धानमा जुटेका थिए।युवती ओसारपसारमा संलग्न आरोपित राजन अधिकारी र जीवन पुनलाई रोहिणीस्थित प्रहरी कार्यालयमा लगिएको छ। (
कान्तिपुर दैनिकबाट)