मौकाको फाइदा उठाउँदै देउवा

फागुन १६, काठमाडौं– संस्थापन पक्षबाट नेतृत्वका लागि साझा उम्मेदवार चयन गर्न महाभारत भइरहेका बेला अर्को पक्षका निर्विकल्प उम्मेदवार शेरबहादुर देउवा अझै शक्तिशाली बन्न लागिपरेका छन्।

संस्थापन पक्षका असन्तुष्ट नेताहरुलाई समेट्न देउवापक्षका नेताहरु लचकता देखाउने बताएका छन्।  कांग्रेसभित्र ६०÷४० को भागबण्डाको राजनीति भइरहे पनि संस्थापन पक्षभित्र असन्तुष्टि बढी भएपछि यसको फाइदा देउवा पक्षले उठाउन लागेको हो। महाधिवेशन सुरु हुने मिति नजिकिसकेको भएपनि संस्थापन पक्षले नेतृत्वका लागि अझै साझा उम्मेदवार तय गर्न सकेको छैन।

संस्थापनपक्षमा असन्तुष्ट रहेका अर्जुननरसिंह केसी, मानबहादुर विश्वकर्मा लगायत नेताहरु देउवा खेमामा गइ ‘क्याम्पेनिङ’ सुरु गरिसकेका छन्। देउवा पक्षले संस्थापन पक्षका नेता भनिएका गोविन्दराज जोशी, सूर्यमान गुरुङ, विनयध्वज चन्द, श्याम घिमिरेका साथै कुलबहादुर गुरुङलाई समेत आफ्नो पक्षमा आउन आग्रह गरिरहेको छ।(नेपाल समाचार पत्र दैनिकबाट)