मितव्ययिता अभियानमा सभामुख

फागुन १६, काठमाडौं– संसद सचिवालयको मूलगेटमा शनिवजार ठूलो ताला झुन्ड्याइएको थियो। न कर्मचारीको आवतजावत, न त मर्यादापालको चहलपहल। सार्वजनिक विदाको दिन संसद सचिवालय नखुल्दा सिंहदरबार नै चकमन्न थियो। सभामुख ओनसरी घर्तीमगरले अबदेखि सार्वजनिक विदाको दिन सचिवालय नखोल्न निर्देशन दिएपछि शनिवार पहिलोपटक संसद सचिवालय बन्द गरिएको थियो। ‘केही काम नभए पनि खानाभत्ताको लोभमा कर्मचारी सार्वजनिक बिदाको दिन आउने र सरकारी स्रोतको दुरुपयोग गर्न थालेपछि सभामुखले नखोल्न निर्देशन दिनु भएको हो, सभामुख निकट स्रोतले भन्यो।’ सार्वजनिक बिदाका दिन संसद सचिवालयका कर्मचारीले ७ सय रुपैयाँ खाजाभत्ता पाउँछन्।(अन्नपूर्ण पोस्ट दैनिकबाट)