स्वीच दबाएर ट्रान्समिसन लाईनको शुभारम्भ

फागुन ८, काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्विच दवाएर ढल्केबर–मुजफ्फरपुर क्रशबोर्डर ट्रान्समिसन लाईनको शुभारम्भ गरेका छन्।

हैदराबाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त ट्रान्सिमिशन लाईनको शुभारम्भ गरिएको हो।

नेपाल र भारतबीच करिब १ हजार २ सय मेगावाट विद्युत् आयात निर्यात गर्न सकिने क्षमता रहने छ। हाल उक्त प्रशारण लाईनमार्फत भारतबाट नेपालले ८० मेगावाट विद्युत् आयात शुरु भएको छ।