प्रधानमन्त्रीले महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरे

फागुन ८, नयाँ दिल्ली– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका छन्।

भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्र प्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ । भारत स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो ।