नेपालमा हवाई इन्धन पाँच गुणा महंगो

फागुुन ३, काठमाडौं– मुलुकमा पेट्रोलियम पदार्थको विक्री बितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले छिमेकीसहित अन्य देशको तुलनामा पाँच गुणा बढी मूल्य राखेर हवाई इन्धन बेचिरहेको छ।
भारतमा प्रतिकिलोलिटर ९१ हजार लिटर०को ३४ हजार ४ सय २२ रुपैयाँमात्र पर्ने हवाई अन्धन नेपाल आयल निगमले भने १ लाख ६६ हजार ७ सय ७० रुपैयाँमा बिक्री गरिरहेको छ।

भारतमा पनि सबै कर जोडेपछि उक्त मूल्य तोकिएको हो भने निगमले यहाँ पनि कर जोडेपछिको मूल्य हो। त्यसमाथि आयल निगमले बिक्री वितरण गर्ने इन्धनको ‘गुणस्तर’मा सधैँ प्रश्न उठ्ने गरेको छ।

आयल निगमले सधै घाटा पूर्ति गर्ने भन्दै हवाई इन्धनसहित पेट्रोल, डिजेल, मट्टीतेल लगायतमा अधिकतम नाफा खाँदै आएको छ भने हवाई इन्धनको भाउ अन्य देशको तुलनामा पाँच गुणा महंगोमा बिक्री गरी निगमले कीर्तिमान कामय गरेको छ। (नागरिक दैनिकबाट)