बालविवाह नियन्त्रणमा पण्डित र धामी सक्रिय

फागुन २, काठमाडौं—डडेल्धुराका विभिन्न गाविसमा बालविवाह नियन्त्रण गर्न पण्डित तथा धामी नै लागि परेका छन्।

जिल्लामा बालविवाहको सङ्ख्यामा निकै कमी आइरहेको महिला तथा बालबालिका कार्यालय डडेल्धुराले जनाएको छ। आआफ्नो गाविसमा धामी र आपूmहरुको सयुंक्त प्रयासमा १८ वर्ष उमेर नपुगेका युवाको बिहे रोक्न लागेको देवल गाविसका पण्डित तारादत्त पन्तले जानकारी दिए।

सो अभियानका क्रममा गाँखेत गाविसका पं हेमराज अवस्थीले दुई, भागेश्वर गाविसका धामी कर्णबहादुर मडैले तीन र अजयमेरु गाविसका पं लक्ष्मीप्रसाद पनेरुले कक्षा ५मा अध्यनरत छात्राको बालविवाह रोकेका छन्।

डडेल्धुरामा रहेका सरकारी तथा गैरसरकारी सङ्घसस्थाले बालविवाह निराकरण गर्ने उद्देश्यले केही महिना अगाडि पण्डित र धामीलाई तालिम समेत दिएका थिए। सुदूरपश्चिमका पहाडी जिल्लामा अझै पनि बालविवाह कायम छ। पहिलेभन्दा केही वर्षयता त्यसमा कमी आएको भए पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन।