नेपाल भोली भारतसँग भिड्ने

फागुन २, काठमाडौं—नेपाल दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गत भोली हुने फाइनल फुटबल खेलमा नेपाल र भारत भिड्ने भएका छन् ।

भारतमा जारी सागमा शनिवार भएको खेलमा नेपालले माल्दिभ्सलार्इ ४—३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

नेपाललाई जित दिलाउन नवयुग श्रेष्ठले सो खेलमा समेत ह्याट्रिक गरेका थिए । यु—२३ उमेर समूहको भारतको गुवाहाटीमा जारी साग फुटबलमा लगातार दोस्रो ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन्।
यसअघि माघको पहिलो हप्ता बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नवयुगकै ह्याट्रिकको मदतले नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेर २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।