कोइरालाको शवयात्रा २ बजेदेखि

माघ २७, काठमाडौं–दिंवगत पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिँदैछ।

अहिले श्रद्धाजंलीका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको कोइरालाको पार्थिव शरीर अन्त्येष्टिका लागि शब यात्रासहित पशुपति आर्यघाट पुर्याइने छ।

कांग्रेस मूख्यसचिव ऋषिकेश तिवारीका अनुसार कोइरालाको पार्थिव शरीरको अन्त्येष्टिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट दिउँसो २ बजेपछि सुरु हुनेछ।

कोइरालाको पार्थिव शरीरको अन्त्येष्टि यात्रा जमल, कमलपोखरी, मैतीदेबी, गौशाला हुँदै आर्यघाट पुर्याइने कांग्रेस मूख्य सचिव तिवारीले जानकारी दिए।

उनले केन्द्रीय समितिकाृे निर्णय अनुसारकै अन्त्येष्टि यात्राको रुट ट्राफिक प्रहरीलाई उपलब्ध गराएको  र सोही अनुसार लगिने बताए।

शब यात्रापश्चात पशुपति आयघाटमा कोइरालाको पार्थिव शरीरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ। पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइरालाको मंगलबार राति महाराजगन्जस्थित आफ्नै निवासमा ७७ वर्षको उमेरमा निधन भएको थियो।